उद्देश्य

पशुपन्छी तथा मत्स्यपालन व्यावसायलाई व्यवसायिकरण गर्दै आय-आर्जनको भरपर्दो स्रोतको रुपमा विकसित गरी गरिबी न्यूनिकरण तथा खाद्य पोषण सुरक्षामा प्रत्यक्ष योगदान पुर्याउनु यस कार्यालयको प्रमुख उद्धेश्य हो ।

अन्य उद्धेश्यहरु यस प्रकार रहेका छन्,

  1. जिल्लालाई दूध, फुल, मासु र माछामा आत्मानिर्भर बनाउदै पशुपन्छी तथा मत्स्यपालन व्यवसायलाई निकासी योग्य व्यवसायको रुपमा बिकसित गर्ने ।
  2. पशुपन्छी तथा मत्स्यपालन व्यावसायलाई व्यावसायिकरण गरी खाद्य तथा पोषण सुरक्षा, रोजगारी सृजना र गरिवी न्यूनिकरण गर्ने ।
  3. कृषकको आवश्यकता अनुसार स्वच्छ, स्वस्थ्य पशुपन्छी तथा मत्स्य जन्य बस्तुहरुको उत्पादन र उत्पादकत्वमा वृद्धि गरी ग्रामिण जनताको आर्थिक स्तरमा सुधार ल्याउने ।