परिचय तथा पृष्ठभूमि

जिल्ला पशु सेवा कार्यालय बि.सं. २०२७ सालमा पशु चिकित्सालय जिरी, दोलाखाको नामबाट स्थापना भई प्रारम्भमा जिरी कृषि केन्द्र संग सयुंक्त रुपमा रहि दोलखा जिल्ला र रामेछाप जिल्लामा सेवा पुराउदै आइरेहेकोमा बि.सं. २०३६ साल देखि पशु विकास तथा पशु स्वास्थ्य विभाग अन्तर्गत रही समन्यात्मक पशु विकास कार्यक्रम र पशु चिकित्सालयको नामबाट यस जिल्लामा पशुपन्छीको उपचार तथा विकास सम्बन्धी कार्यक्रम संचालन गर्दै आइरहेकोमा बि.सं. २०३९ साल देखि जिरी कृषि केन्द्रबाट अलग भई बि.सं. २०४२-२०४३ साल देखि समन्यात्मक पशु विकास कार्यक्रम र पशु चिकित्सालय दुईवटै कार्यक्रम एकै साथ संचालन हुने गरि जिल्ला पशु सेवा शाखामा समाबेश भयो | पशु सेवा कार्यक्रम लाई समय सापेक्ष भरपर्दो बनाउन तत्कालिन श्री ५ को सरकारको निर्णय अनुसार यस कार्यालय लाई बि.सं. २०४४ श्रावण ८ गते जिरीबाट सारेर यस जिल्ला को सदरमुकाम चरिकोटमा स्थापना गरियो | तत्तपश्चात आ.व. २०४९ देखि २०५० सम्म उक्त पशु सेवा साखा लगायत कृषि विकास शाखालाई एउटैमा गाभि जिल्ला कृषि विकास कार्यालय अन्तर्गत पशु सेवा शाखाको संरचनामा परिणत भयो | करिब ३ वर्ष पश्चात कार्यालय आ.व. २०५२/०५३ मा छुट्टिई फेरी जिल्ला पशु सेवा कार्यालय को नाममा खडा भयो र पशु स्वास्थ्य तथा पशु विकास कार्यक्रमहरु, पशु सेवा प्रसार, कबुलियती बन बृहतर चौंरी विकास, सहकारी खेति, अति बिपन्न हिमाली आयोजना आदि कार्यक्रमहरु लिएर अगाडी बढेको थियो |

हालको स्थिति

नेपालको संविधान २०७२ ले मुलुकभर ३ तहको सरकार, संघिय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारलाई स्थापित गरे संगै बि.स. २०७५ साल कार्तिक १४ गते बाट साबिकको जिल्ला पशु सेवा कार्यालयको नाम परिवर्तन भई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, चरिकोट, दोलखा कायम भएको हो | बागमती प्रदेश सरकार अन्तर्गतको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मातहतमा रहने यस विज्ञ केन्द्रको कार्य क्षेत्र अन्तर्गत दोलखा र सिन्धुपाल्चोक जिल्ला रहेका छन् | नयाँ संरचना र नयाँ जनशक्ति उपलब्धता भएपनी बिगतका आर्थिक वर्षहरुमा झै पशु विकास तथा पशु स्वास्थ्य कार्यक्रमहरु संचालन भैरहेको र अझ यसलाई बिभिन्न क्षेत्रमा विस्तार गरिदै लागिएको छ | पशुपालन व्यवसायलाई थप व्यावसायिकीकरण र उत्पादनमुलक बनाउन विभिन्न प्रादेशिक अनुदान तथा प्रोत्साहनका कार्यक्रमहरु पनि संचालन भएका छन् | पशुपन्छीको उत्पादन र उत्पादकत्व वृद्धिका लागि पशुपन्छी गोठ खोर व्यवस्थापन तथा पशु आहारा व्यवस्थापनको महत्व दृष्टिगत गरि सोहि अनुरुपका विभिन्न अनुदान तथा प्रोत्साहनका कार्यक्रमहरु कार्यान्वयन गरिएका छन् |